२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट भिडियो सामाजिक सञ्जालमा भाइरल ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

 

दाङ । घोराही उपमहानगरपालिका १० की
२६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा  निर्घात कुटपिट गरिएको छ। श्रमिकको रूपमा काम गर्दै आएकी शिला नामकी महिलालाई  बिजुलीको खम्बामा बाँधेर स्थानीयले निर्घात कुटपिट गरेको सर्वजनिक भएपछि केही घटना लुकाउने प्रयासमा समेत लागेका स्थानीयले जनाएका छन्।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

शिलाले जीवनयापनका लागि  सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि  कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ’, अधिकारकर्मी खड्काले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।’

स्थानीयका अनुसार  राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।

भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितविरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो’, उनले भने, ‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई   नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको  उनले बताए।

‘स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर घटनामा पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो’, अधिकारकर्मी खड्काले भनिन्, ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।’

शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैंले सामाजिक सञ्जालमा राखेका थिए।  घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पीडितले जनाएकी छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]