काठमाडौं । राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झगडा भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।