२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एसएसपी बिश्व अधिकारीले हिंसात्मक कार्यमा संलग्नलाई ठाउँको ठाउँ घुँडामुनि गोली हान्न आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

काठमाडौं । राजधानीमा आज भएको राजावादी हिंसात्मक प्रदर्शनपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न जो सुकैलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएको छ । किलो वन भनी चिनिने काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले मातहतका युनिटलाई त्यस्ता कार्यमा संलग्नलाई ठाउँको ठाउँ घुँडामुनि गोली हान्न आदेश दिएका हुन् ।

प्रहरीको सञ्चार सेटमा अधिकारीले  भर्खरै जिल्लाभरका प्रहरी अधिकृतलाई अंग्रेजीमा घुँडामुनी गोली हान्ने अनुमति प्राप्त भैसकेको सूचना रिले गरेका छन्  । राजावादीहरुले आज कोटेश्वर, तीनकुने,सिनामंगल क्षेत्रमा लुटपाट, आगजनी र तोडफोड गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]