२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्रपाका नेताहरु रवीन्द्र मिश्र धवलशमशेर राणा र स्वागत नेपाल शुक्रबार साँझ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १६, २०८१

काठमाडौं । ​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले मिश्र, राणा र नेपाललगायतका केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो।

राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका थिए। मिश्र, राणा र नेपालले राजावादीको नाममा गरिएको तीनकुनेस्थित प्रदर्शनमा अगुवाई गरेका थिए।

नेपाल राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको पदाधिकारीका रूपमा प्रदर्शनमा अगुवाई गरेका थिए। शुक्रबार भएको हिंसात्मक आन्दोलनको अनुसन्धानकोलागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेका थिए। जसकारण एक पत्रकारसहित दुई जनको मृत्यु भएको छ भने निजी तथा सरकारी सम्पत्तिमाथि ठूलो क्षतिसमेत पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]