२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरुले माइतीघरमा विरोधसभा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १६, २०८१

 

काठमाडौं । नेपाल पत्रकार महासंघको आव्हानमा भेला भएका सञ्चारकर्मीहरुले शनिबार भएको घटनाको गम्भीर रुपमा छानबीन गर्न सरकारको ध्यानाकषर्ण समेत गराएका छन् ।

शनिबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघले ठहर गरेको छ । उक्त घटनाका बारेमा समाचार संकलन गर्न पुगेका एभिन्युज टेलिभिजनका संचारकर्मी सुरेश रजकको जलेर मृत्यु भएको छ ।

त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सञ्चारकर्मीहरुले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।

माइतीघरमा भएको प्रदर्शन र कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले उक्त घटनाका दोषिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सञ्चारकर्मीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार हनन् भएको बताए । ‘हिजोको घटनामा पत्रकार हत्या भएको हो, विभिन्न सञ्चार माध्यममा ढुंगामुडा गर्ने काम भएको छ, प्रदर्शनकारीको आक्रमणका कारण अनलाईन खबरका पत्रकार दिनेश गौत्तमको खुट्टा भाँचिएको छ, यसमा वास्तविकता छानबीन गरी कारबाही हुनुपर्छ,’ उनले भने ।

प्रदर्शनमा सहभागी महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले हिजो घटनामा पत्रकारलाई जलाइएको बताउँदै यो घटना क्षम्य हुने किसिमको नरहेको बताए । ‘नेपालमा फेरी पत्रकारहरुले लेखेकै कारण र सूचना सम्प्रेषण गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो, हिजोको घटनामा सञ्चारकर्मीको मृत्यु होइन, हत्या हो, नेपालको सञ्चार इतिहासमा कालो दिनको रुपमा यो घटना थपिएको छ, यो क्रुर घटना हो,’ उनले भने । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघले अन्य कार्यक्रम तय गरेपछि शनिबारको घटनालाई मध्यनजर गर्दै विरोध सभा आयोजना गरेको हो ।

स्थापना दिवस प्रभावित

पत्रकार महासंघले स्थापना दिवसका अवसरमा शनिबारका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकारको ज्यान लिनेगरी भएको घटना र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर पत्रकारको ज्यान जानेगरी भएको घटना र सञ्चारमाध्यममाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गरिएकाे महासचिव रामप्रसाद दाहालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!