२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिए

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १६, २०८१

लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिए

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए ।

चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् ।

भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तरआर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए ।

चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् ।

भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरेका छन् ।

अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनी बताउँछन् ।

प्रदेशका मुख्यमन्त्रीकाव उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ ।

सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ । तर, मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए ।

अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ ।

उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए ।

मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]