२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले जिल्ला प्रहरी परिसरमा पुगेर आफ्ना पार्टीका नेतालाई भेटे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले भद्रकालीस्थित प्रहरी परिसर पुगेर आफ्ना पार्टीका नेतालाई भेटेका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा र स्वागत नेपाल लगायतलाई भेटेका हुन् । वरिष्ठ नेता पशुपतिसँगै नेता डा. प्रकाशचन्द्र लोहनी लगायत पनि पुगेका थिए ।

काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले राती पक्राउ गरेको थियो । घटनाबारे सोधपुछ गर्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

उक्त घटनामा प्रहरीले १ सय ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । प्रदर्शनका कमान्डर भनिएका दुर्गा प्रसाईंको भने प्रहरीले खोजी गरिरहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रसाईले प्रहरीले कार्यक्रम हुन नदिने सुरुमै अश्रु ग्याँस प्रहार गरेको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!