२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकार हत्या क्रूर र जघन्य अपराध : पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव शर्मा 

Logo
ABC-Sanchar प्रकाशित शनिबार, चैत्र १६, २०८१

 

दाङ । भालुबाङ,नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेश समितिले शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा भएकाे पत्रकार सुरेश रजकको हत्या क्रूर र जघन्य अपराध भएकाे निष्कर्ष निकालेकाे छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले शनिबार विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउनुभएकाे छ ।
राजावादीहरूकाे आन्दाेलनकाे क्रममा रिपोर्टिङमा रहनुभएका पत्रकार सुरेश रजकको हत्या हुनुका साथै अन्नपूर्ण पोस्ट दैनिक, अनलाइन खबर र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोड तथा आगजनीको प्रयास भएको थियाे । महासङ्घले पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

“रिपोर्टिङको क्रममा रहेका पत्रकारको जघन्य हत्या, सञ्चारगृहमा भएको आक्रमण र सञ्चारकर्मीहरूप्रति गरिएको क्रूर व्यवहारले गम्भीर आघात पुर्‍याएको महासङ्घले जनाएको छ,” महासचिव शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “यस्ता अमानवीय घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत भूमिकामाथि गम्भीर खतरा उत्पन्न भएको महासङ्घको ठहर छ, महासङ्घले यस्ता क्रूर र जघन्य अपराधको कडा शब्दमा भर्त्सना र निन्दा गर्दछ ।” यस्ता कार्यमा संलग्न जोसुकैलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न महासंघले जोडदार माग गरेको छ ।

यी घटनालाई मध्यनजर गर्दै महासङ्घले स्थापना दिवसको अवसरमा चैत १६ गतेका लागि तय भएका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ । यो वर्षको स्थापना दिवसलाई उत्सवको रूपमा नभई शोक, विरोध र आन्दोलनको रूपमा मनाउने निर्णय गरिएको छ । सोहीअनुसार लुम्बिनी प्रदेशमा पनि विभिन्न बिराेध कार्यक्रम भइरहेका छन् ।

महासङ्घले सरकार र सम्बन्धित सुरक्षा निकायसँग यस्ता जघन्य घटनाको तत्काल, निष्पक्ष र सूक्ष्म छानबिन गरी दोषीहरूलाई कानुनी सजाय दिन माग गरेको छ। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न राज्यले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा महासङ्घले जोड दिएको छ । यो कठिन समयमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको पक्षमा अडिग रहने प्रतिबद्धता महासङ्घले व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।