२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा कटौती गर्दै सशस्त्र प्रहरीले १० जना सुरक्षाकर्मी फिर्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १६, २०८१

काठमाडौं । पुर्व राजाको परिवारमा यसअघि डिएसपीको कमाण्डमा रहेका २५ सुरक्षाकर्मीमध्ये १५ मात्र कायम गरिएका छन्। सरकारले पूर्व राष्ट्रप्रमुखका रूपमा उपलब्ध गराउँदै आएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेला सुरक्षामा गरिएको यो परिवर्तनले थप चर्चा पाएको छ। यसअघि पूर्वराजपरिवारको सुरक्षाका लागि १५५ जना सशस्त्र प्रहरी खटाइएका थिए। साथै, इन्धनसहित तीनवटा सरकारी सवारी साधन पनि उपलब्ध गराइँदै आएको थियो। पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी घटाइएसँगै परिवारका अन्य सदस्यहरूलाई खटिएका सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन्। नारायणहिटी राजदरबारबाट हटेपछि नेपाल सरकारले पूर्व राजपरिवारलाई नागार्जुन दरबार आवासका रूपमा उपलब्ध गराएको छ। तर, निर्मल निवास भने पूर्वराजाको निजी सम्पत्ति हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!