२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

म्यान्मार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ६४४ पुगे,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र १७, २०८१

काठमाडौं । भूकम्पमा परी तीन हजार ४०८ जना घाइते भएका छन् । मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पले थप क्षति पुर्‍याएको थियो ।

यो विनाशकारी भूकम्पले भवन, पुल, सडकसहित १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुर्‍याएको छ । म्यान्मार सरकारका अनुसार एक हजार ६४४ जनाको ज्यान गएको पुष्टि भएको छ भने थप तीन हजार ४०८ जना घाइते भएका छन् । यस्तै, भूकम्पको प्रभाव बैङ्ककसम्म पुग्दा त्यहाँ १० जनाको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ ।

सञ्चार प्रणाली अवरुद्ध हुनुका साथै विमानस्थल र सडकहरू बन्द भएकाले राहत र उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ । खोजी तथा उद्धार प्रयास जारी रहे पनि मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ । प्रभावित क्षेत्रमा उद्दार तथा राहतको लागि जुट्न म्यान्मार सरकारले अपिल गरेको छ ।

भूकम्पबाट नजिकै रहेको देश थाइल्याण्डमा पनि केहि क्षेति भएको छ । तथ्याङ्क थाइल्याण्डमा १० जना भन्दा बढिको ज्यान गएको छ भने विभिन्न क्षेत्रमा त्रास पैदा भएको छ । भूकम्पको धक्का म्यान्मार, थाइल्याण्ड सहित भारत, बंगलादेश लगायतका क्षेत्रमा समेत महशुस गरिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]