१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवार्हीको माग महासचिव पाण्डव शर्मा,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र १७, २०८१

 

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको विरोध कार्यक्रमका सहभागीले पत्रकार रजकको मृत्यु नभएर सुनियोजित रूपमा जलाएर हत्या गरिएको भन्दै घट्नामा संलग्नको पहिचान गरेर कडा कारबाहीको माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले घट्नाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरिन् । कार्य क्षेत्रमा समाचारका लागि भिडियो खिचिरहेका पत्रकारको हत्या र सञ्चारगृहमाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै आगामी दिनमा यस्ता गतिविधि बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन् । उनले स्वतनत्रतापूर्वक लेख्न र बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग माग गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले आन्दोलनका नाममा पत्रकार तथा सञ्चार गृहमाथिको आक्रमण कुनै पनि बाहना सह्य नहुने बताए । जनताको पक्षमा कमल चलाउँदा भौतिक आक्रमणसँगै ज्यानै लिने गरिएको घट्नाका संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरे । महासचिव शर्माले जनताका अधिकारलाई कुण्ठित गर्ने गरी भइरहेको चलखेललाई सबै मिलेर निस्तेज गर्न लाग्नु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!