काठमाडौं । तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुनःस्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब गुरुङले गर्ने भएका हुन्।
संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएका हुन्। उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन्।