२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पूर्वराजालाई तीनकुने घटनासँग जोडेको भन्दै पूर्वपञ्च लोहनीको आपत्ति, बालेनसँग मागे जवाफ

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता पूर्वपञ्च प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रलाई जोडेर जरिवाना पत्र काट्नु गलत रहेको बताएका छन् । काठमाडौं महानगरले हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षको ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो ।

गत शुक्रबार काठमाडौंका तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा महानगरको सम्पत्तिमा क्षति पुगेको, प्रदर्शनका कारण वातावरण प्रदुषण भएको, दमकलमा क्षति पुगाएको लगायतका आरोपमा महानगरले पूर्वराजालाई पत्र काटेको थियो ।

महानगरको उक्त पत्रको खण्डन गर्दै नेता लोहनीले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

मेयर बालेन शाहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ? एकपटक निम्न बुदाहरु विचार गरौ।
१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए ।एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति
दिनेपक्ष अर्थात नेपाल सरकार ।
२) कार्यक्रम सरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी
मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आखा नदेख्ने र स्वास फेर्न
पनि गाह्रो अवस्थामा पुगे ।
३) ठूलो भीडको बिचमा,आफैले भाषण गर्न स्वृकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार
गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ।

यस्को दोषी को हो ?
४) अश्रुग्यास प्रहारबाट भीड आक्रोसित भएर तितरवितर भयो । आफूले स्विकृती दिएर स्वभावत भइरहेको भाषण
र आमसभालाई नेपाल सरकार स्वयंले भाड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेन जीले
कसरी हेर्नु भएको छ ?

५) यस पछिको आक्रोसित भीड र प्रहरीबीच द्धन्द र नोक्सानसमेत भयो ।
६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो।
७) कानुन बमोजिम यो सब घटनामा स्विकृती लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सियर राजा ज्ञानेन्द्र शाहालाई
जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानुन र मान्यताले दिन्छ ?
बालेन जीले जनतालाई राम्रो संग बताउनु पर्यो ।

अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ । बालेन जि, मजस्ता धेरै काठमाण्डैंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाइका हितैसी छौं, तर अब हामीलाई जवाफ चाहियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]