जनकपुरधाम । युवकको हत्यापछि दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन्। तर, धनुषा प्रहरीले अहिलेसम्म हत्यारा पक्रन नसकेको भन्दै आक्रोशित स्थानीयहरूले प्रदर्शन चर्काएपछि अवस्था तनाबग्रस्त बनेको छ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने झडपमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थिति अझै तनावपूर्ण छ। प्रहरीले छिटो भन्दा छिटो हत्यारालाई पक्राउ गरेर न्याय दिन सक्ला त?