२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

राजपुर गाउँपालिका वडा नम्बर-७ सिमगजमरी नाकामा गरामिन मोटर बाटोको उद्घाटन

Logo
सागर रोका प्रकाशित सोमबार, चैत्र १८, २०८१

दाङ । देउखुरी राजपुर गाउँपालिका का वडा नम्बर-७ स्थित सिमगजमरी नाका मा चैत १५ गते शुक्रबारका दिन गरामिन मोटर बाटो उद्घाटन कार्यक्रम राजपुर गाउँपालिकाका (प्रमुख अतिथि)  अध्यक्ष शरद बुढाथोकी र विशिस्ट अतिथि उपाध्यक्ष  धनपतिदेवी यादव द्वारा बाटोको उद्घाटन गरिएको थियोे ।

त्यस्तै गरेर उत्तरकुटी हुँदै सिमगजमरीको बाटो उद्घाटन स्वागत मन्तव्य स्थानीय पत्रकार सागर रोकाले व्यक्त गरेका हुन भने मन्तव्य सोही स्थानीय बालाराम
गिरिले गरेका थिए । गरामिन मोटर बाटो उत्तरकुटी,सिमगजमरी हुँदै स्याउलेखुटी सम्म जोड्ने बाटो केहि वर्ष पहिले नै अलपत्र परेको मोटर बाटो यस वर्ष सिमगजमरी गाउँ सम्म पुगे लगत्तै सिमगजमरी टोल बासीहरुले बाटोको उद्घाटन कार्यक्रम गरेका थिए ।

त्यस्तै गरेर अझै पनि सिमगजमरी हुँदै स्याउलेखुटी जोडने बाटो पुरा हुन सकेको छैनन् । भने त्यस बाटोलाई पुर्ण रुपमा जोड दिने र केहि महिना र केहि समयपछि बाटोको लागी काम अगाडी बदाउने राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले बताइन् ।
सिमगजमरी नाकामा पहिलो पटक  बाटोको उद्घाटन कार्यक्रममा अतिथिहरुलाई आफ्नो घर आगन सम्म पुराउन पाउदा सिमगजमरी बासिन्दाहरु अतिनै खुशी भएका थिए ।

अझै पनि नाकाको लागि हरेक बिकास हुन बाकी रहेको र त्यस बिकासको लागि पहल र साथ सपोटका लागी वडा का जनप्रतिनिधि र गाउँपालिकाका प्रतिनिधिहरुको ध्यानाकर्षण गरियो भन्दै आफ्नो भनाइ व्यक्त गरेका थिए स्थानीय बासिन्दा  सुबित्रा रानाले ।

राजपुर गाउपालिकाको नेपाल भारत सिमानामा पर्ने नाका क्षेत्रमा बिकासको रुपले हेर्ने हो भने पहिलेको भन्दा अहिले धेरै भन्दा धेरै परिवर्तन भएको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागीले बताउनु भएको थियोे ।

केहि वर्ष पहिले करिब दश लाख रकम बजेट वडाको मार्फत बाट बजेट छुट्यएको थियोे । भने त्यो बजेटले करिब पाँच किलोमीटर बाटो पनि पुरा नभई बजेट सकिएको थियोे । भने करिब तीन वर्षदेखि अलपत्र परेको उत्तरखुटी बाट सिमगजमरी हुँदै श्याउलेखुटी सम्म पुग्ने बाटो यस वर्ष राजपुर गाउपालिकाले तेल र मेसिन उपलब्ध गराएपछि जसोतसो सिमगजमरी गाउँ सम्म बाटो पुगेको हो ।

त्यस्तै गरेर उत्तरखुटी,सिमगजमरी हुँदै श्याउलेखुटी सम्म पुग्ने बाटोको लागि वडाले कुनै पहल र लागी नपरेको जस्तो असन्तुष्टि व्यक्त गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर-७ अध्यक्ष पुष्कर वलीले आफ्नो गुनासो राजपुर गाउँपालिका लाई व्यक्त गर्नु भएको थियो।

त्यस्तै गरेर यस उद्घाटन कार्यक्रममा वडा सचीव दिपक राना ,वडा सदस्य प्रमोद बस्नेत,कार्यपालिका सदस्य सन्देश बि.क,राजपुर कम्पनी प्रा.लि का अर्जुन बस्नेत नेपाल भारत सिमानाका B.O.P सुरक्षा इन्चार्ज भोजेन्द्र राना,पत्रकार लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।

राजपुर गाउँपालिका वडा नम्बर-७ सिमगजमरी  गाउँको बाटो उद्घाटनको उपलक्ष्यमा राजपुर गाउँपालिका र वडा लाई आफ्नो गाउँ टोलको एउटा नमुना रहोस् भन्ने उदेश्यले गाउँको चिनो त्यस गाउँका स्थानीय बासिन्दा  वेद प्रसाद खत्री र भाग्सिङ रानाले हस्तान्तरण गर्नु भएको थियोे ।

राजपुर गाउँपालिका वडा नम्बर-७ सिमगजमरी बाटो उद्घाटन कार्यक्रम  समापन भने यसै वडा का वडा अध्यक्ष पुष्कर वलीले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।