२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बिहीबार तपाईंहरुको रशिफल

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र २१, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। आमाबाबुको सहायताले गर्दा आर्थिक कठिनाइहरू हट्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुलत वा नराम्रा आनिवानि छाडेर काम गर्नु उचित् हुनेछ ।शत्रु परास्त हुनेछन् ।आवेगमा निर्णय नगर्नु होला ।आर्थिक पक्ष सबल हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयको राम्रो सदुपयोग हुनेछ। कुनै विशेष काममा उपलब्धि मिल्नेछ। तपाईंको कार्यकुशलताको समाजमा चर्चा हुन सक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायिक सफलता प्राप्त हुनेछ ।आयस्रोत बढ्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले गर्दा अनपेक्षित तनाव हुनसक्छ। मनलाई तटस्थ बनाउँदै काम गर्ने प्रयत्न गर्नुहोस्। समयसन्दर्भ विचारेर मात्र प्रतिक्रिया दिनु उचित हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)स्वागत् सत्कार प्राप्त हुनेछ ।तपाईंको इच्छा बुझी काम गर्ने प्रयत्न गरिनेछ। कुनै कुराको आकस्मिक लाभ होला। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्य क्षेत्रमा नयाँ स्रोतहरू बढ्नेछन् । धर्मकर्ममा आस्था बढ्नेछ। नयाँ कार्यमा जग बसाउन अवसर मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कसैकसैले तपाईंको मन बुझ्ने प्रयत्न गर्नेछन्। कसैको कुरालाई गम्भीरता नलिनु नै उचित रहनेछ। हतारिएर कुनै पनि कुरामा प्रतिक्रिया नगरेकै राम्रो होला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कतै पारिवारिक जमघट हुनसक्छ। भावी काम र योजनाबारे चर्चा परिचर्चा होला। कुनै कुराबाट आफू टुटेको अनुभव हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारीक घुमफिरका योजना बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदीय मर्यादामा रही आफूलाई प्रस्तुत गरर्नुहोला ।प्रतिस्पर्धात्मक काममा तपाईंको छनोट हुन सक्छ। कुनै कुराले मनमा प्रसन्नता दिलाउनेछ। 

माधवा शर्मा ।
ज्योतिषाचार्य तथा वास्तु विद् ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!