२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

ईलाका प्रहरी कार्यालय भालुवाङको नागरिक सुनुवाइ इन्स्पेक्टर माझीको सक्रियतामा उल्लेख्य कामहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र २१, २०८१

दाङ । भलुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले भालुवाङ बसपार्क व्यवस्थित तथा अनियन्त्रित तरिकाले पार्किङ गरेका गाडीलाई सम्बन्धित ठाउँमा पार्किङ गर्ने वातावरण मिलाउन माग गरेका छन् । त्यस्तै उनीहरूले छाडा पशुचाैपाय नियन्त्रण, टाइम कार्डलाई दिउँसोमा पनि लागू गर्नुपर्ने, काठ तस्करी, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न तथा सरसफाइमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।  सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक माझीले यातायात समिति र होटल व्यवसायी समिति सँगको सहकार्यमा बसपार्क र अनियन्त्रित गाडी पार्क रोक्न पहल गर्ने बताएका छन् । त्यस्तै उनले भालुवाङ पुल्चोकमा हेल्पडेक्स राखेर सेवा दिन स्थानीयको सहयोग आवश्यक रहेको बताए ।

साथै उनले आर्थिक वर्ष २०८१/०८२ को पुस १५ देखि चैत मसान्तसम्म कुल ६६ सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको र ९५ जना घाइते भएको जानकारी दिए । घाइते मध्ये ४ जना गम्भीर र ६२ जना सामान्य घाइते भएको बताए । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा कुल १३६ सवारी दुर्घटना भएकोमा १२ जनाको मृत्यु र १७८ जना घाइते भएका थिए । घाइते मध्ये ११ जना गम्भीर र १२५ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए । त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ को पुस १५ देखि चैत १५ गते सम्मको रेकर्ड अनुसार कुल ७८ सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु र १२६ जना घाइते भएका थिए । घाइते मध्ये २ जना गम्भीर र ७६ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताउनु भयो । यसरी गत आर्थिक वर्ष २०८०/०८१ मा  कुल १०५ सवारी दुर्घटना भएकोमा १८ जनाको मृत्यु र १४७ जना घाइते भएका थिए । घाइते मध्ये ६ जना गम्भीर र ९९ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए ।

प्रहरी निरिक्षक माझीले आफू भालुवाङमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले पछि सवारी दुर्घटना न्युनीकरण गर्न स्थानीय तह र सरोकारवाला निकाय सँग नियमित बैठक, पालिकाबाट विभिन्न उपकरण प्रयोग गरि सवारी चेकजाँच, सचेतनामुलक कार्यक्रम, सवारी चालक, सडक प्रयोगकर्ता र यात्रुहरूलाई ट्राफिक नियम पालना गराउन प्रतिवद्वता सहितको हस्ताक्षर कार्यक्रम र भालुवाङ देखि सिंगे खोला सम्म टाइम कार्ड लागू गरेको बताए । प्रहरी निरिक्षक माझीले विभिन्न किसिमका ट्राफिक सचेतनामुलक कार्यक्रमले सडक प्रयोगकर्ता र सवारी चालकहरूमा ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सोचको विकास भएको बताए ।  त्यस्तै उनले सडकको अवस्था अनुसार सवारी साधानको गति नियन्त्रण, मोटरसाइकल चालकहरूले हेल्मेटको प्रयोगमा वृद्धि भएको र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउन नहुने कुराको ज्ञान भएको बताए । उनले सडक दुर्घटना न्युनीकरणका लागि सञ्चालन गरेको हस्ताक्षर संकलन कार्यक्रमबाट ट्राफिक नियम उल्ङ्घनमा कमी, सडक दुर्घटना न्युनीकरण गर्न सकिने सोचको विकास भएको समेत बताए । त्यस्तै उनले टाइम कार्ड लागू भएदेखि सवारी दुर्घटनामा कमी आएको, लेन अनुशासन कायम गरेको र मृत्यु दरमा कमी भई सडक अवरोध तथा शान्ति सुरक्षामा खलल पुग्ने कार्यमा समेत कमी आएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]