२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शुक्रबार तपाईंहरुको रशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २२, २०८१

मेष – आज तपाईंको आत्मबल र जोशले सफलता प्राप्त गर्न मद्दत गर्नेछ। नयाँ निर्णय लिनु अघि सोचविचार गर्नुहोस्। आर्थिक पक्षमा केही चुनौती आउन सक्छ, तर मनोबल उच्च राख्नुहोस्।

वृष – आज तपाईंलाई धनलाभको राम्रो अवसर मिल्नेछ, तर खर्च पनि बढ्न सक्छ। वैवाहिक जीवनमा सुख र शान्ति रहन्छ। कार्य क्षेत्रमा प्रगति हुने छ।

मिथुन – नयाँ अवसरहरूको प्राप्त हुनेछ। आत्मविश्वास र जोशमा वृद्धि हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ।

कर्कट – तपाईंको स्वास्थ्यमा ख्याल रा्नु पर्ला । पारिवारिक जीवनमा प्रेम र सहयोग पाइनेछ। काममा एकाग्रतामा सुधार हुने छ। नयाँ विचारहरूले मस्तिष्कमा उत्साह ल्याउनेछन्।

सिंह – आज तपाईंको प्रेम र मित्रतामा प्रगति हुनेछ। आफ्नो शब्दमा सचेत रहनुहोस्, विवादबाट टाढा रहनु उचित हुनेछ ।पेशागत जीवनमा राम्रो परिणाम आउन सक्छ।

कन्या – कार्यक्षेत्रमा चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन्, तर तपाईंको मेहनत र लगनशीलता परिणाम दिनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्, विशेषगरी मानसिक स्वास्थ्यमा।

तुला – आज यात्राको योग बनिरहेको छ। तपाईंको समाजिक दायित्वमा वृद्धि हुनेछ, र यसबाट व्यक्तिगत सन्तुष्टि प्राप्त हुनेछ। खर्चमा नियन्त्रण गर्नु महत्त्वपूर्ण हुनेछ।

वृश्चिक – लगानीका अवसरहरूमा सजग र सोच विचार गरेर निर्णय गर्नुहोस्। आजको दिन आर्थिक दृष्टिकोणबाट राम्रो रहन सक्छ, तर धेरै रिश गर्ने बानि कम गर्नेपर्नेछ।

धनु – पारिवारिक जीवनमा सुख र शान्ति आउनेछ। व्यवसाय वा पेशामा राम्रो अवसर मिल्नेछ। तपाईंको रचनात्मकता र सोचले नयाँ द्वार खोली दिनेछ।

मकर – आज तपाईंको बोली र कार्यशैलीमा सजगता राख्नुहोस्, जसले तपाईंको प्रतिष्ठामा वृद्धि ल्याउनेछ। कार्यक्षेत्रमा उत्साहजनक अवसरहरू आउनेछन्।

कुम्भ – आज तपाईंलाई सन्तानसँग सम्बन्धित राम्रो समाचार प्राप्त हुनेछ। शिक्षा र अध्ययनमा सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा सहभागी भएर सन्तुष्टि मिल्नेछ।

मीन – धार्मिक कार्यमा मन लाग्नेछ। मानसिक शान्तिका लागि ध्यान वा योगमा ध्यान दिनु उपयोगी हुनेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्, तर तपाईंका प्रयास सफल हुनेछ।

माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तु विद् ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]