२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

उच्च अदालत तुलसीपुर बुटवलको आदेशले रवि लामिछानेलाई शुक्रबार राति निवासबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २३, २०८१

 

काठमाडौं । जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेसँगै रविलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।

पक्राउ गर्न घरमै प्रहरी पुगेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक फेसबुक पेजबाट भिडियो सन्देश प्रसारण गर्दै गम्भीर आशंका सिर्जना गरेको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्– घरमा प्रहरी आएको छ । समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज यतिबेलासम्म मलाई पूर्जी पनि दिइएको छैन, घरभित्र बेडरुममा आउनुभएको छ ।

मैले सार्वजनिक पनि गरिसकेको छु । उताबाट आदेशभन्दा पहिले यसरी तैनाथ हुने सबै चिजले ठूलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु । कानुनलाई मानेको छु । पहिले पनि आफैँ उपस्थित हुन गएकै हुँ, अहिले पनि सार्वजनिक गरेको छु । तर, यो राज्य आतंक, यो धरकपड ममाथि के कारणले भैरहेको छ रु मैले बुझ्न सकेको छैन ।

उनले भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् । मलाई लागेको थियो केही कुरा भन्छु । जुन तरिकाले अहिले सामान्य अभ्यास भन्दा पर गएर जबर्जस्ती गर्ने कोसिस, बिना कागज….  छ होला ल्याउन पनि सकिन्छ होला । त्यो लिएर आएर भोलि लान सकिन्थ्यो । कागज बोकीवरि प्रक्रिया … मेरा लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र छिरेको छ । म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु ।

जेहोस् आम नागरिकले सबचिज हेरिरहेका छन् भन्ने विश्वास मलाई छ । न्यायको लडाइँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरूले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।  मैले कुनै गल्ती, अपराध गरेको छैन । तर संसारकै ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेको विश्वास छ ।

धेरै केही भन्दिनँ, सम्मानित अदालतप्रति अझैं आशा र भरोसा राखेको छु । कानुनी प्रक्रियामा सघाउन लागिपरेको छु । दुनियाँका जति पनि अदालतका ढोकाहरू छन्, ती सबै ढक्ढकाउँछु आफ्नो न्यायका लागि ।

लामिछानेलाई केन्द्रिय अनुसन्धान व्यूरोका एसपी सुधिरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली पक्राउ गर्न उनको घरमा पुगेका थिए ।

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]