२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले राज्य सभापति रवि लामिछानेको पछाडि लागिरहेको हो ?

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रशनिबार (आज) चितवनमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यसको विश्लेषणसमेत गरेका छन्।

उनको विश्लेषणमा आउँदो निर्वाचनमा रास्वपाले ठूलो सफलता हात पार्न सक्नेतर्फ सचेत हुँदै सरकारसम्बद्ध ठूला दलहरू कांग्रेस-एमालेले लामिछानेलाई सिद्ध्याउन लागिपरेका छन्।

स्वर्णिमका थप कुरा जस्ताको त्यस्तै-

कांग्रेस-एमाले गठबन्धनको कायरता, किन तर्सिरहेका छन् यिनीहरू ? किन यसरी कामिरहेका छन् भन्दाखेरि यसको पछाडि एउटा अङ्कगणित छ। यो तपाईं-हामीले बुझ्नुपर्‍यो र यहाँका चिया पसलहरूमा, अन्य चोक-चौताराहरूमा र अन्य दाजुभाइ तथा दिदीबहिनीहरूलाई बुझाउनुपर्‍यो।

७० वर्षसम्म राजनीति गरेका यी कांग्रेस-एमालेले अस्ति ०७९ को चुनावमा पाएको मत जम्मा २७/२८ लाख हो। पाँच महिना अगाडि मात्रै मैदानमा उत्रिएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नमा झन्डै-झन्डै साढे १२ लाख छ।

यिनीहरू किन तर्सिरहेका छन् भने आज १६ वर्षको केटा, १७ वर्षकी एउटी केटी अथवा कलेज जान थालेका छात्रछात्राहरू कोही पनि यी पुराना पार्टीमा जान इच्छुक छैनन्, बाआमा कांग्रेस-एमाले होलान् तर, उनीहरू कि त स्वतन्त्रै छन्, कि स्वतन्त्र पार्टीमै आबद्ध छन्। त्यसैले उनीहरूले यो हिसाब, विगत-भविष्यको आकलन गरिसकेका छन्। अस्ति पाएको २७/२८ लाख अब घटेर १७/१८ लाखमा खुम्चेला।

र, यो राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ तीनगुणा बढाएर २६/२७ लाख ल्याइदियो भने यिनीहरूको खेल खत्तम हुन्छ। त्यसैले यसको मूल नेतृत्व नै सखाप पार्न सकियो भने हामी धेरै कुरा गर्न सक्छौँ भनेर अहिले रवि लामिछानेमाथि प्रहार गरिरहेका छन्, उहाँलाई यो न्यायालयको चङ्गुलमा फसाउने, उहाँलाई भुलाइराख्ने भन्ने छ।

आज उहाँले जनसभामा जोडिन खोज्नुभएको थियो, चितवन आएर तपाईंहरूसँग साक्षात्कार गर्न खोज्नुभएको थियो। उहाँ त उहाँ नै भइहाल्नुभयो। तर, त्यसपछिका नेतृत्वहरूलाई पनि विभिन्न हल्ला फैलाएर; सन्तोष परियार एमाले जाने भयो रे, स्वर्णिम कांग्रेस जाने भयो रे भनेर त्यो अफवाह फैलाएर अल्झाउने काम भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!