२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त कीर्तिपुरको नव:निर्मित नवदुर्गा भगवती मन्दिर समुद्‍घाटन

Logo
Abc Sanchar प्रकाशित आइतबार, चैत्र २४, २०८१

 

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी वृत्त कीर्तिपुरमा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको आइतवार उद्‍घाटन गर्नुभयो । प्रहरी वृत्त कीर्तिपुरका प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत ४ लाख ६१ हजार ७५६ रुपैयामा नव:निर्मित नवदुर्गा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो ।
नेपाली सेना र नेपाल प्रहरीमा बडा दशैं तथा चैते दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ । देश र नागरिकको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता परापुर्व काल देखी स्थापित रहेको छ ।

नवदुर्गा भगवती मन्दिर समुद्‍घाटन पश्चात उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले कार्यालय परिसरमा देवी नवदुर्गा भवानीको निर्माणले प्रहरी कर्मचारीमा थप हौंसला तथा आत्मविश्वास बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै आज पर्न गएको हिंन्दू धर्मावलम्वीहरुको राम नवमी चाडको सम्पूर्ण कर्मचारीमा शुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी बृत्त कीर्तिपुरका प्रमुख भुवनेश्वर प्रसाद साह लगायत अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]