२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुर्वगृहमन्त्री रविको अन्तिम इन्छा सोध्ने डिएसपी दिपक खड्काले अन्तिम तयारीका लागि भनेको प्रष्टिकरण दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २४, २०८१

काठमाडौं । शुक्रबार साढे ७ बजे उच्च अदालत बुटवलको तुलसीपुर इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गर्यो । केहीबेरमै उनले सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफैं आजै अहिले नै गिरफ्तारी दिने बताए ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिंदैछु,’ लामिछानेले भिडिओमार्फत भनेका थिए, ‘ साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु ।’

तर, भिडिओमार्फत आफैं गिरफ्तारी दिने कुरा गरिरहँदा लामिछानेको बुढानिलकण्ठस्थित निवासमा प्रहरी पुगिसकेको थियो । अदालतको लिखित आदेशको प्रति विना लामिछानेको घर पुगेको प्रहरीले अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए ।

तर, लामिछानेले औपचारिक कागजात माग्न खोजे । त्यसपछि लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेका समर्थकबीच सवाल जवाफ समेत भयो ।

सोही क्रममा लामिछानेलाई पक्राउ गर्न पुगेका एक प्रहरीले उनको अन्तिम इच्छा सोधे ? त्यसपछि झनै विवाद बढ्यो । पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्कालगायत पुगेका थिए ।

पक्राउ गर्ने क्रममा डिएसपी खड्काले नै अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको हो । कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए ।

पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्नेलगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको भन्दै प्रष्टिकरण दिएका थिए । अहिले उनले अन्तिम इच्छाबारे सोधिएको भिडियो सामाजिक सञ्चालमा भाइरल छ ।

डिएसपी खड्काले त्यसो भनेपछि रविका सहयोगी प्रमोद न्यौपानेले समेत आपत्ति जनाएको भिडिओमा देख्न सकिन्छ । यसरी कहाँ के बोल्ने भन्नेबारे राम्रो ज्ञान नहुँदा प्रहरी बेला बेला विवादमा आउने गरेको छ । डिएसपी खड्का उसो त आफैंमा विवादित अधिकृत हुन् ।
स्कूप खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]