२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

सरकारकै कारण सर्वसाधारणमा असन्तुष्टि रहेको कांग्रेसका महामन्त्री गगनकुमार थापा

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २५, २०८१

 

दाङ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा असन्तुष्टि व्याप्त रहेको बताएका छन् । दाङको तुलसीपुरमा आइतबार भएको नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारकै कारण सर्वसाधारणमा असन्तुष्टि रहेको बताएका हुन् ।

‘नागरिक बेचैन छन्, तर प्रधानमन्त्री भन्नुहुन्छ– सब ठिकठाक छ, सब खुसी छन् । तर, त्यसो छैन,’ उनले भने, ‘सरकारमा बसेकाको आचरण, शासन गर्ने मान्छेले ढंग पुर्‍याउनुपर्छ, निर्णय सही गर्नुपर्छ, नत्र यस्ता असन्तुष्टि भइरहन्छन् ।’ मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासनसँग जोडिएर नै आमनागरिकमा असन्तुष्टि बढेको उनको भनाइ छ । ‘भ्रष्टाचार हुन दिन्नँ भनेर बोलेर मात्रै अर्थ छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले गरेको निर्णयले कस्तो प्रभाव परिरहेको छ भन्ने मुख्य कुरा हो ।’

सरकारकै निर्णयका कारण काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेको उनले बताए । शिक्षा ऐनलाई उपसमिति बनाएर काम गर्नुपर्छ भनेर आवाज उठेको चार महिना भए पनि त्यसको टुंगो नलाग्दा आन्दोलन भएको उनको भनाइ छ ।

प्रत्येक निर्णयबाट सरकारको परीक्षा हुने भन्दै उनले अबको केही दिनमा हुने गर्भनर नियुक्तिमा पनि ध्यान दिनुपर्ने बताए । उनले कुनै पनि बिचौलियालाई खुसी बनाउन गभर्नर नियुक्ति गर्ने कार्य भए त्यसको प्रतिरक्षासमेत गर्न नसकिने प्रस्ट पारे ।

सोही अवसरमा उनले विधानबमोजिम समयमै कांग्रेस महाधिवेशन हुने पनि बताए । ‘संविधान, कानुन, पार्टीको विधानअनुसार नै ०८४ को चुनावभन्दा अघि पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनावभन्दा पछि हुन्छ भन्ने सोच्छ भने त्यो नसोच्दा हुन्छ ।’ उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

महामन्त्री थापाले संवैधानिक राजतन्त्र बनाउन नसकिने भन्दै यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए । संघीयता, लोकतन्त्र, गणतन्त्रात्मक संविधान बनेको भन्दै यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ थियो । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नतर्फ पहल लिनुपर्ने उनले बताए । सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!