२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

काठमाडौं नागार्जुनमा भारतीय सुरक्षाकर्मीहरु अनुमानि बिना आएकोले नेपाल प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २५, २०८१

काठमाडौं । नागार्जुन क्षेत्रबाट केही भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। अनुमतिबिना नेपाल प्रवेश गरेर नागार्जुन क्षेत्रमा पुगेका सुरक्षाकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। कति जना भारतीय सुरक्षाकर्मी पक्राउ परेको भन्ने खुलेको छैन। यद्यपि उनीहरूलाई दुई÷तीन दिन पहिले पक्राउ परेको स्रोतले जनाएको छ। उनीहरू कुन अप्रेसनका लागि नागार्जुन क्षेत्रमा प्रेवश गरेको भन्ने पनि खुलेको छैन। नेपाली भूमिमा अनुमतिबिना भारतीय सुरक्षाकर्मी पटक–पटक प्रवेश गर्ने गरेका छन्। काठमाडौँ प्रहरी परिसरकार प्रवक्ता अपीलराज बोहोराले भारतीय सुरक्षाकर्मी पक्राउ परेको विषय आफूलाई थाहा नभएको जानकारी दिए । तत्कालीन वि.सं. २०४८ सालतिर गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा पनि काठमाडौँको नयाँबानेश्वरमा अनुमतिबिना भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि त्यसले हंगामा मच्चाएको थियो। त्यतिबेला अनुमतिबिना प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई भारतले माफी मागेपछि मात्र छाडिएको थियो। उनीहरू भारतको सरकारको अनुमति नलिएर आएको पाइएको थियो। अहिले नागार्जुन क्षेत्रमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीको विषयलाई लिएर पनि भारतीय सुरक्षा निकायमा असन्तुष्टि भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!