२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पक्राउ परेका धवल शमशेर राणालगायत नेता कार्यकर्ताको रिहाइको माग गर्दै मंगलबार कोहलपुर बन्दको आह्वान,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र २५, २०८१

बाँके । राजावादी समूहले काठमाडौंस्थित तीनकुनेमा चैत १५ गते सम्पन्न प्रदर्शनलाई हिंसात्मक बनाउन मद्दत गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणालगायत नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै भोलि (मंगलबार) कोहलपुर बन्दको आह्वान गरिएको छ ।

राजावादी समूहको संयुक्त आन्दोलन परिचालन समिति बाँकेको आयोजनामा कोहलपुरस्थित पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरू पनि ठप्प हुने राप्रपाले जनाएको छ ।

तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगातका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सरकारले विचारलाई बन्धक बनाएको भन्दै पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरी आन्दोलनमा सहभागी नागरिकलाई उत्तेजित पारी धनजनको क्षति सरकारले नै गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]