२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंमा भारतीय प्रहरीहरु पक्राउ परेपछि भारतको केन्द्रीय गृहमन्त्रालयले सर्कुलर जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २६, २०८१

काठमाडौं । नेपालमा आफ्ना प्रहरीहरु पक्राउ पछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो ।

विदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि भारतको केन्द्रीय गृह मन्त्रालयले भनेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]