२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

दाउन्नेमा खटिएका ट्राफिक प्रहरीले जोखिम मोलेर धुलामे सडकमा डियुटी गर्दै, रोग पाल्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २६, २०८१

काठमाडौं । नेपाल प्रहरीका एक जवान जो ट्राफिक प्रहरीमा कार्यरत रहेर सडक सुरक्षामा स्वास्थ्यको पनि जोखिम मोलेर खटिइरहेका छन्। नारायणगढ–बुटवलको दाउन्नेमा खटिएका एक ट्राफिक प्रहरी जवानलाई भन्दा फरक पर्दैन– ए पुलिस! तिम्लाई के खाँचो?’

ठेकेदार कम्पनीदेखि सरकारको गैर जिम्मेवारीका कारण सडक निर्माणमा ढिलाई भैरहेको छ। तर, सडक निरन्तर चलिरहेको बेला सुरक्षामा प्रहरी नै खटिएको छ।

जनताको तल्लो निकायसम्म निरन्तर सुरक्षामा खटिएका एक ट्राफिक प्रहरी सिपाही तस्बिरमा देखिएको अवस्थामा कर्तव्यनिष्ठ छन्।

प्रहरी अधिकारी भन्छन्,‘हामी जिम्मेवारीबाट अलग रहन कहाँ सक्छौं र?’

सडक सुरक्षा पनि आफ्नो जिम्मेवारीमा रहेका कारण जोखिम मोलेर नै काम गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) दानबहादुर कार्कीले बताए।

उनले भने,‘जनताको सेवामा हामीले समर्पित हुने सपथ लिएका छौं, हाम्रा कर्मचारी यस्तो अवस्थामा पनि काम गरिरहेका छन्।’

पछिल्लो पटक भने नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ।
नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३  बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।

नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको बताइन्छ।

नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ।

सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!