दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।२६ गते घोराही उपमहानगरपालिका वडा नं १४ स्थित नयाँ वसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा अस्थायी प्रहरी पोष्ट घोराही वसपार्कको सहकार्य एवं यातायात व्यवसायीहरु, सवारी चालक तथा सहचालकहरु, यात्रु तथा स्थानीय नागरिकहरुको सहभागितामा प्रहरी नायव निरीक्षक तुल बहादुर बि.क.ले
सवारी दुर्घटनाको अवस्था, दुर्घटना न्यूनीकरण गर्न चालकहरुले निभाउनु पर्ने भूमिका, ट्राफिक नियमको पालना नगर्दा हुन सक्ने दुर्घटना, सवारी साधनमा हुन सक्ने यौन दुर्व्यवहार न्यूनीकरण गर्न चालक तथा सहचालकको भूमिका लगायत विषयमा जानकारी दिनुको साथै सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको ।