२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका र्आजीपी दीपक थापा बिरुद्ध फेसबुकमा जथाभावी लेख्ने १ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २७, २०८१

 

काठमाडौं । प्रहरी महानिरीक्षक (र्आजीपी) दीपक थापाबिरुद्ध सामाजिक संञ्जालमा जथाभावी लेख्ने एक जना पक्राउ परेका छन् ।

आईजीपी थापाको तस्वीर राखेर सामाजिक संञ्जालमा पोष्ट गर्ने ललितपुरका कमल बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बिष्टले सामाजिक संजाल फेसबुकमा आईजीपी थापाबिरुद्ध अमर्यादित कुरा पोष्ट गरेका थिए । उनले फेसबुकमा नेपाल प्रहरी र आईजीपी थापाविरुद्ध अपमानित हुने कुरा लेखेर पोस्ट गरेका थिए।

शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीका आईजीपी थापाबिरुद्ध जथाभावी लेख्ने अन्य ब्यक्तिहरुमाथ पनि प्रहरीले निगरानी बढाएको छ ।

राजावादीहरुको आन्दोलनका क्रममा मंगलबार बल्खुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आईजीपी थापालाई एमालेनिकट ‘युवासंघको सहअध्यक्ष’ भन्दै गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए ।

उक्त अमर्यादित अभिब्यक्तिले पनि प्रहरी प्रमुखका बिरुद्ध जथाभावी लेख्नेहरु उत्साहित भए छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।