०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौं उपत्यकामा वर्षा जारी

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र २७, २०८१

 

काठमाडौं । उपत्यकामा लामो समयपछि भएको वर्षाले देशभर बढेको वायु प्रदूषणको स्तर घट्ने अपेक्षा गरिएको छ।

बुधबार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ।

मौसमविद् गोविन्द झाले वर्षाको क्रम भोलि (बिहीबार) सम्म पनि जारी रहने बताए। उनले भने, “आज दिउँसोदेखि सुरु भएको वर्षा बिहीबार बेलुका सम्म रहनेछ।”

देशभर वर्षा केही दिनसम्म सक्रिय रहने भए पनि काठमाडौंमा भने एक–दुई दिन मात्र प्रभाव रहने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिनयता वायु प्रदूषणको स्तर उच्च थियो। प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएका थिए।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। वर्षाले काठमाडौंलगायत प्रदूषण बढी भएका सहरहरूमा वायुको गुणस्तर सुध्रने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!