२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

डा.जगमान गुरुङले पक्राउ परेका नेता रिहा नगरे बैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २७, २०८१

 

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले उक्त चेतावनी दिएका हुन् ।

उनले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिए।

गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’

गुरुङले वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरु राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाइ नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उनले बताए ।

उनले आफ्नो समूहका सबै सदस्यलाई रिहा नगरे आफू सबैभन्दा अगाडि उभिएर सामूहिक गिरफ्तारीमा सहभागी हुने बताए । शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको उनले बताए।

कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेका उनले आरोप लगाए । तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उनले यसको खण्डन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!