२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २९, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अलिक बढी दौडधूप गर्नुपर्ला। कामले गति लिन्छ तर थकान पनि आउन सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मन शान्त रहला। अप्ठ्यारा काम सहजै बन्न सक्छ। आफन्त वा साथीबाट सहयोग पाइने दिन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धन लाभ हुने योग छ। नयाँ अवसर देखिन सक्छ। कुरा गर्दा संयम राख्नुस्, फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सुख र समर्थन पाइने दिन। सानो यात्रा वा भेटघाट रमाइलो बन्नेछ। स्वास्थ्यमा ध्यान दिनु राम्रो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्म क्षेत्रमा प्रगति मिल्नेछ। सम्मान र प्रशंसा पाइने सम्भावना। मनको चाहना पूरा हुने दिन।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थोरै बाधा र चुनौती आइपर्ला। संयमता र धैर्यताले काम सफल पार्न सकिन्छ। बौद्धिक काममा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोग र समर्थन पाउने दिन। नयाँ काम सुरु गर्न शुभ। प्रेम र सम्बन्धमा न्यानोपन रहनेछ।

वृश्चिक (तो, न, नि, नु, ने, नो, या, यि, यु)
धन-सम्पत्तिमा सुधार देखिन्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो। यात्रा लाभदायक बन्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उत्साह र उमङ्ग बढ्ने दिन। सामाजिक काममा रुचि बढ्नेछ। नयाँ कुरा जान्ने अवसर मिल्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
आज मिहिनेत अनुसार नै फल पाइने दिन। मान-सम्मान बढ्नेछ। आत्मबल उच्च रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ योजना बन्नेछ। घर-परिवारसँग खुसीको समय बिताउने मौका मिल्ला। स्वास्थ्य सामान्य रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अलिक बढी व्यस्तता देखिन्छ। प्रयास गरेमा राम्रो नतिजा हात लाग्नेछ। नयाँ सम्बन्ध वा परिचय बढ्न सक्छ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!