२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न बुटवल जादै

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २९, २०८१

काठमाडौं । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गरेको हो । प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन ।

यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि प्रधानमन्त्री उपस्थित हुन सकेका थिएनन् । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।

सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल आउने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिएका छन ।

सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।

एमालेले सभा गर्ने ठाउँ बुटवल मण्डपको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल अगाडि बाल उद्यान रहने खाली ठाउँ हो । बुटवल अन्तराष्ट्रिय सभा हल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल आयोजनाका एक कर्मचारीका अनुसार ३० हजार स्क्वायर फुट क्षेत्रफलको सभा हुने ठाउँमा बढीमा २० हजार मान्छे अट्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]