२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जको हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा धार्मिक कार्यक्रम शुरु गर्ने तयारीमा

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र ३०, २०८१

नेपालगन्जको हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा धार्मिक कार्यक्रम शुरु गर्ने तयारीमा

बाँके । नेपालगन्ज अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए ।

त्यसक्रममा भजनकीर्तनसहित मञ्चमा हनुमान चालिसा, सुन्दरकाण्डलगायत कथा प्रवचन निरन्तर होम हुने उल्लेख गर्दै भट्टराईले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेराबस्ती, गोन्डालगायत क्षेत्रबाट यहाँ भक्तजनको सहभागिता रहने बताए ।

हनुमान जयन्तीको अन्तिम दिन शोभायात्रापछि करिब १२ हजारका लागि भण्डारा (भोजन) कोसमेत व्यवस्थापन गरिएको छ ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गरे । विगतमा फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ र बाल्दा नामको ऐतिहासिक तलाउ रहे पनि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले यसको महिमा उँचो रहेको उनले बताए  ।

मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हनुमान जयन्तीको अन्तिम दिन अर्थात् शनिबार बिहान शोभायात्रासहितको धार्मिक झाँकीले बजार परिक्रमा गर्ने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]