२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आइतबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, चैत्र ३१, २०८१

मेष -आजको दिन कार्यक्षेत्रमा दृढ आत्मविश्वासका साथ अघि बढ्ने अवसर मिल्नेछ। प्रयासअनुसार परिणाम प्राप्त हुने देखिन्छ। तर, व्यर्थको विवाद वा क्रोधबाट टाढा रहनु उत्तम हुन्छ।

वृष -धनलाभका सम्भावना बढेका छन्। नयाँ योजना र लगानीका विषयमा सोचविचार गर्ने समय अनुकूल छ। पारिवारिक वातावारण सुखद रहन सक्छ।

मिथुन -आज विचारमा स्थिरता ल्याउनु आवश्यक छ। नसोचेको कुराले मन अल्झिन सक्छ, तर संयमता राखेमा निर्णयहरूमा सफल हुनुहुनेछ। बोल्दा मीठो भाषाको प्रयोग गर्नु राम्रो हुन्छ।

कर्कट -पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। मित्रजन वा आफन्तसँगको भेटघाटले मन रमाइलो बन्नेछ। कुनै पुरानो चिन्ता हट्ने संकेत पनि देखिन्छ।

सिंह -आत्मबल उच्च रहनेछ र अरुलाई प्रभावित पार्ने शक्ति बढ्नेछ। नेतृत्वदायी भूमिका निभाउन पाइने सम्भावना छ। तर, घमण्ड वा हठ त्याग्नु हितकर हुनेछ।

कन्या -नयाँ योजना बन्न सक्छ, तर निर्णयमा धैर्य आवश्यक छ। चिन्तन र मनन गरेर अगाडि बढेमा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव हुनसक्छ।

तुला -सन्तुलन र सौम्यता बृद्दि हुनेछ ।आज त्यही गुणले समस्याको समाधान दिलाउनेछ। मित्र वा सहकर्मीको सहयोग प्राप्त हुने समय हो।

वृश्चिक -आज भावनाको प्रभाव रहनेछ। मनका कुरा कसैसँग साझा गर्न मन लाग्न सक्छ। प्रेमसम्बन्ध वा गहिरो मित्रता प्रगाढ बन्ने संकेत देखिन्छ।

धनु -सकारात्मक सोच र उन्नत लक्ष्यप्रतिको लगावले नयाँ बाटो देखाउनेछ। यात्राको सम्भावना छ भने लाभदायक रहन सक्छ।

मकर -कर्तव्यबोध र जिम्मेवारीको अनुभूति बढ्नेछ। समय व्यवस्थापनमा ध्यान दिँदा लक्ष्य नजिक पुग्न सकिन्छ। परिवारमा स्नेह मिल्ने समय हो।

कुम्भ -सृजनशील विचारहरू मनमा आइरहनेछन्। अध्ययन वा अनुसन्धानमा रुचि बढ्न सक्छ। अरुलाई मार्गदर्शन दिन पाउने अवसर पनि मिल्नेछ।

मीन -मन भावुक हुन सक्छ, तर कार्यक्षेत्रमा स्थिरता देखाउन सकिनेछ दान, सेवा वा आध्यात्मिक अभ्यासमा रुचि बढ्ने संकेत छन्।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]