२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महानगर प्रहरी बल एसएसपी राजु पाण्डेविरुद्ध गैरकानुनी र अमर्यादित व्यवहार गरेको गम्भीर आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ३१, २०८१

काठमाडौं । स्थानीय तहका क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध कार्यालयको मर्यादाविपरीत अनुशासनहीन, गैरकानुनी र अमर्यादित व्यवहार गरेको गम्भीर आरोप लगएका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा प्रवेश गराउने क्रममा चैत २१ गते महानगर प्रहरी प्रमुख पाण्डेको अगुवाइमा घटेको घटनालाई अमर्यादित, अनुशासनहीन र अनपेक्षित भन्दै सम्बन्धित निकायबाट छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको हो।

स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरूपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापन पत्रमार्फत सङ्गठनहरूले उक्त घटनाले कर्मचारी वर्गको मनोबल कमजोर बनाएको र स्थानीय तहको गरिमामा आँच पु¥याएको जनाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने माग उनीहरूको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]