२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा सिसि क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण :

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ३१, २०८१

 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक प्रसाद रिजालको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.ब.उ विश्व अधिकारीको विशेष आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सभाहलमा CCTV क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको क्रममा प्र.व.उ विश्व अधिकारीले समाजमा शान्ति सु-व्यवस्था कायम गर्न स्थानिय निकाय र प्रहरी विचको सहकार्य अपरिहार्य रहेको सन्दर्भमा गोकर्णेश्वर न.पा. द्वारा CCTV क्यामेरा जडान गरी प्रहरीलाई हस्तान्तरण गरिएकोमा नगरपालिका प्रति कृतज्ञता व्यक्त गर्नु भयो । साथै जडान भएका CCTV क्यामेराबाट आपराधिक गतिविधिहरु र त्यसमा संलग्न व्यक्तिहरुको सुक्ष्म निग्रानी गर्न मद्दत पुग्ने भएकोले अपराध अनुसन्धान एंव नियन्त्रणमा यसले विशेष सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिकाद्वारा विनियोजित ४० लाख रकमबाट अरव बैंक देखि दक्षिणढोका र जोरपाटीदेखि वि.पी चोक सुन्दरीजल सम्मका विभिन्न स्थानहरुमा ७२ वटा CCTV क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण गरिएको थियो । अरव बैंक देखि दक्षिणढोका सम्म २० वटा CCTV क्यामराको प्रहरी चौकी जोरपाटीबाट Monitoring गर्ने र जोरपाटी देखि वि.पी चोक सुन्दरीजलसम्म जडान भएका ५२ वटा CCTV क्यामेराको प्रहरी प्रभाग गोकर्णबाट Monitoring गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ जयश्वर रिमाल, ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख प्र.नि. जितेन्द्रमान श्रेष्ठ लगायत स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]