२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीमा २०८१ सालको चैत महिनाभर ७३ वटा उजुरी दर्ता एसपी तिमिल्सिनाद्वारा पत्रकार सम्मेलन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०१, २०८२

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले यस्तो जानकारी दिनुभयो ।

‘पछिल्लो समयमा १० वर्ष मुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित हुन थालेका छन्’– एसपी तिमिल्सिनाले भन्नुभयो– ‘पाँच वर्षकी बालिकालाई ६५ वर्षको बृद्धले जबर्जस्ती गरेको उजुरीमा भर्खरै पक्राउ परेको छ । घरकै काका दाजुजस्ता नाता पर्ने र चिनजानकाहरुबाट यस्ता घटना भएका छन् ।’

यसैगरी कुटपिट तथा गाली बेइज्जतीका उजुरी पनि लेनदेनसित जोडिएर आएकाले निर्णय गर्न ढिला हुने गरेको उहाँले बताउनुभयो । त्यसको कारण खोज्दै जाँदा लेनदेन हुन्छ । लेनदेन अदालती प्रक्रियामा जानुपर्छ । त्यसबाहेकका उजुरीमा प्रहरीले छरितो सेवा दिएको एसपी तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी कोठा खोज्ने नाममा चोरी हुने क्रम बढेको प्रहरीले जनाएको छ । ‘चोरहरु ढुक्कसित घरभित्र पस्ने रहेछन्’– उहाँले भन्नुभयो– ‘घरबेटी भेटे कोठा खोज्न आएका हौं भन्ने, कोही नभए सुन चाँदी धनमाल जे भेटिन्छ चोरेर जाने रहेछन् ।’ प्रहरी इन्स्पेक्टर कविराज रोकायले पछिल्लो एक महिनामा फछ्र्याैट भएका १८, बाँकी ५५, पक्राउ परेका ५५ जना र फरार २१ जना रहेको वताउनुभयो । सबैभन्दा धेरै साधारण चोरी र अभद्र व्यवहारमा १०÷१० वटा उजुरी दर्ता भएका छन् । यसैगरी लागूऔषधका नौवटा, हुण्डीका आठवटा सवारी ज्यान सम्बन्धी पाँचवटा उजुरी दर्ता भएका छन् ।

यसैगरी फुटकर ज्यान, भवितव्य ज्यानमा चार÷चारवटा, ज्यान मार्ने उद्योग, जजक, विष सेवन गरी आत्महत्या र ठगीका तीन÷तीनवटा मुद्दाह छन् । बहुविवाह, सवारी भवितव्य, डाँका चोरी, सवारी ज्यान, आत्महत्या दुरुत्साहनका एक÷एकवटा मुद्दा दर्ता भएका छन् ।

यसैगरी जिल्लाभर आत्महत्याको संख्या आठ र विष सेवन गरी आत्महत्याको संख्या तीन गरी ११ रहेका छन् । यसैगरी चैत महिनाको मुख्य राजनीतिक गतिविधिहरुमा सबैभन्दा धेरै बिरोध कार्यक्रम बाटो अवरोध र तालाबन्दीका १० ÷१० वटा, ¥याली र मशाल जुलुस नौवटा भएको प्रहरीले जनाएको छ । लागूऔषधको १९ जना मानिस पक्राउ परेका छन् । प्रहरीले मोबाइल, मोटरसाइकल, पैदल गस्ती एस आरपी र पैदल गस्ती एलआरपी गरी छ हजार चार सय किलोमिटर गस्ती गरेको जनाएको छ । जिल्लाभरको प्रहरीले नौहजार नौसय ८६ फोन रिसिभ गरेको छ । तत्कालै समस्या समाधान गर्न सफल भएको छ । यसैगरी भालुबाङमा १२ हजार आठ सय १८, नर्तीमा नौ हजार आठ सय ७४ गरी २२ हजार छ सय ९२ टाइमकार्डप्रयोग गरेर रचनात्मक तथा नवप्रवद्र्धनात्मक कार्य गरेको जनाएको छ ।

दशवटै पालिकामा गरी एक सय १८ उजुरी दर्ता भएका छन् । सबैभन्दा धेरै ४४ वटा घोराहीमा र सबैभन्दा थोरै बंगलाचुली र शान्तिनगर गाउँपालिकामा एक÷एकवटा भएका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि ४२ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । घरेलु हिंसाका १८ दर्ता भई १४ वटामा सहमति भएको र चारवटा बाँकी रहेको जनाएको छ । सबैभन्दा धेरै आठवटा मादक पदार्थ सेवन गरी गालीगलौज गरेका, कुटपिट तथा घाउजाँच केश पाँचवटा घरायसी झैझगडा दुईवटा र घरमा खानबस्न नदिएको, पैतृक सम्पत्तिमाथि विवाद एक÷ एकवटा उजुरी परेको प्रहरीले जनाएको छ । महिला तथा बालबालिका पीडितको संख्या एक सय १८ रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]