१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नयाँ बर्षमा बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०१, २०८२

 

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् ।

घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए ।

हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्‍याएका थिए ।

कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेका थिए ।

बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पोष्टमार्टमपछि निजको शव छोरा थमनले बुझेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!