२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शिक्षक आन्दोलन १३ दिनदेखि शिक्षकहरू काठमाडौंको सडकमै,सरकारले कहिले पुरा गर्छ शिक्षकको माग

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०१, २०८२

काठमाडौं । वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । आजैदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिइने गरिन्छ

विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १३ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ । यो अवधिभर कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने, पठनपाठनमा सहभागी नहुने उनीहरूले घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अवधिभर कुनै प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने बताए । ऐन जारी नभएसम्म सडकमै रहने र त्यसका लागि महिना वा वर्ष दिन कुर्नुपरे पनि कुर्ने उनले बताए । ऐन जारी नभएसम्म काठमाडौंका सडक नछाड्ने बताएका उनले आफूहरूलाई घर पठाउने जिम्मा पनि सरकारकै हातमा रहेको सुनाए ।

१३ दिनदेखि सडकमै आन्दोलन गर्दै आएका शिक्षकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । महासंघले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ । महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । अध्यक्ष सुवेदीले माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको बताए ।

‘बाहिरबाट अरू शिक्षक–कर्मचारी साथीलाई पनि बोलाऔँ । आन्दोलन बलियो बनाऔँ । यही एउटा बाटो छ, जसले हाम्रो जित सुनिश्चित गर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरेका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आह्वान गरेको छ । परिषद् अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लाका अध्यक्ष तथा विद्यालय कर्मचारीलाई अनिवार्य रूपमा आन्दोलनमा उपस्थित हुन भनेको हो ।

आन्दोलनको १३ दिनसम्म आइपुग्दा पनि सरकार शिक्षक–कर्मचारीका मागप्रति गम्भीर नदेखिएको उनको ठहर छ । त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । परिषद्ले आन्दोलनमा सक्रिय सहभागी भएका कर्मचारीको नामावली जिल्लाअनुसार २४ घण्टाभित्र केन्द्रमा पेस गर्नसमेत निर्देशन दिएको छ । यस सम्बन्धमा कुनै जिल्लाबाट कर्मचारी छुट्ने वा गैरहाजिर हुने भए त्यसको प्रत्यक्ष जिम्मेवारी सम्बन्धित जिल्ला अध्यक्षले लिनुपर्ने स्पष्ट गरिएको छ ।

शिक्षकहरूले आन्दोलनलाई थप चर्काउँदै लगिरहेका वेला सरकारले भने नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान अगाडि बढाएको छ । विद्यार्थी भर्ना अभियानको अग्रमोर्चामा रहेका शिक्षकहरूको अनुपस्थितिमा सरकार अघि बढ्न खोजेको हो ।

कतिपय स्थानीय तहहरूमा भर्ना अभियानका लागि पालिका प्रमुख, उपप्रमुख, तथा जनप्रतिनिधिहरू खटिन लागेका छन् । शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनका लागि काठमाडौँ गएपछि जनप्रतिनिधिहरूले नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न लागेका हुन् ।

कतिपय स्थानीय तहले भने अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न र नगरेको खण्डमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीलाई विद्यालय नखोले कारवाही गर्ने चेतावनी पालिकाहरूले दिएका हुन् ।

कञ्चनपुरको कृष्णुपर नगरपालिकाले विद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिलाई खटाउन लागेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णबाट वडागत रूपमा अभियानलाई सफल बनाउन जनप्रतिनिधि खटाउन लागेको हो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत अनिता ठगुन्नाका अनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्मलाई अभियानमा जिम्मेवारीसहित खटाइएको छ । नगरपालिका क्षेत्रमा रहेका ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियानका लागि खटिने जनप्रतिनिधि र कर्मचारीको नामावली तयार गरी जिम्मेवारी तोकिएको छ । नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रौपती रानालाई पनि जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]