२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जिल्ला प्रशासन दाङले तुल्सीपुरमा सञ्चालनमा रहेको मोटरवोट सेवा तत्काल बन्द गर्न आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

 

दाङ । तुलसीपुरमा पछिल्लो समय लोकप्रिय बन्दै गएको पर्यटकीय गन्तव्य तुलसीपुर–११ स्थित मोतिपुर बबई नदीमा सञ्चालनमा रहेको डुंगा सेवा तत्कालका लागि रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, दाङले मंगलबार एक सूचना जारी गर्दै अवैध रूपमा सञ्चालनमा रहेको मोटरवोट सेवा आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको भन्दै तत्काल बन्द गर्न आदेश दिएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा पर्यटन विभागबाट प्रचलित कानुनअनुसार अनुमति नलिएर डुंगा सञ्चालन गरिएको स्पष्ट गरिएको छ।

यसअघि मौखिक रूपमा बन्द गर्न निर्देशन दिइए पनि अटेरी भएपछि लिखित सूचनामार्फत डुंगा सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार, डुंगा सञ्चालनका क्रममा नदी थुन्नु परेकाले स्थानीय किसानको सिँचाइमा समस्या उत्पन्न भएको छ भने नजिकै रहेको झोलुंगे पुलमा भीडभाडका कारण पुल नै जोखिममा परेको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३)(क) अनुसार आफ्नो अधिकार प्रयोग गर्दै प्रक्रिया पूरा नगरेसम्मका लागि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी लम्सालले सम्बन्धित डुंगा सञ्चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]