२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बैतडीमा दरबन्दी डाक्टर नहुदा करार डाक्टरको भरमा जिल्ला अस्पताल

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

बैतडी पुस ६ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र विष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो।
दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। ‘मलाई आर्थिक अधिकारसमेत दिइएको छैन्। यसले गर्दा अस्पतालको समान्य प्रशासनिक काम सञ्चालनमासमेत बाधा पुगेको छ।’ तत्काल खरिद गर्नुपर्ने सामग्रीसमेत खरिद गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। जसले अस्पतालको सेवामासमेत बाधा पुगेको उनले बताए।
करारका डाक्टरलाई आर्थिक अधिकार नदिँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको डाक्टर जोशीले बताए।
अस्पतालको प्रसूतिसेवासमेत करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ। अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या छ। ‘अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र लेखकले तालिम लिएर अप्रेशन गरेर बच्चा जन्माउने सेवा दिइरहनुभएको छ। तर उहाँको करार अवधि पनि तीन महिना मात्रै बाँकी छ,’ डाक्टर जोशीले भने, ‘अस्पतालमा दरबन्दी अनुसारका चिकित्स पठाउन सरकारले ढिलो गर्नुहुँदैन्।’
यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त छन्। दरबन्दीका स्टाफ नर्स नहुँदा करारका स्टाफ नर्सले सेवा प्रवाह गरिरहेका छन्। ‘नर्सिङ स्टाफ पनि सबै करारकै छन्। दरबन्दीका एकजना पनि छैनन्। यसले गर्दा प्रसूति सेवा प्रवाहमासमेत समस्या हुने गरेको छ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर छैनन्
जिल्ला तल्लोसोराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पनि डाक्टर छैनन्। डाक्टर नभएको ६ मिहना बितिसक्दा पनि दरबन्दी पुर्ति भएको छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम लगायतका सेवाहरु प्रभावित भएको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसीजी मेसिन भएपनि डाक्टरको अभावमा सबै प्रयोगविहिन भएका छन्। ‘१६ वर्षमा हामीले लगभग दुई वर्षसम्म चिकित्सकको सेवा पायौं। तर फेरि हामीले उपचारका लागि भारत जानुपर्ने बाध्यता आइलागेको छ’, मेलौलीका स्थानीय लक्ष्मण पार्कीले भने, ‘संघीयतापछि स्वास्थ्य सेवामा समस्या देखिएको छ। गाउँका स्वास्थ्यचौकीहरुमा समेत स्वास्थ्यकर्मीको अभाव छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।