२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुबईबाट फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले बिमानस्थलमा लछारपछार लात्ती र मुक्का प्रहार

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

 

काठमाडौं । सामाजिक सञ्जालमा हिजो बिहानदेखि भाइरल भइरहेको उक्त भिडियाे चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् ।

रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी लिएर नेपाल आएका थिए । तर विमानस्थलमा ट्याक्सीसँग विवाद हुँदा उनी प्रहरीबाट कुटिएका हुन्।

सिधाकुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए । भन्सार जाँच पासमा लगेज चेकजाँच गरेर उनीहरू सरासर नै बाहिरिएका थिए ।

उनका अनुसार उनी आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर कुरिरहेका थिए । त्यही बेला एक जना व्यक्ति आएर उनलाई ‘ट्याक्सी चाहिने हो’ भन्दै सोधे । तर उनले हैन भनेपछि ती व्यक्तिले त्यहाँ ट्रली राख्न नपाइने भन्दै उनलाई हकार्न थाले ।

ती व्यक्तिसँग सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्म ट्रली लैजान पाएको बताए । त्यसपछि पनि ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी भएको र ट्रली लान नपाउने दाबी गर्न थाले । त्यसपछि सञ्जयले ती व्यक्तिकाे कार्ड देखाउन भने । ती व्यक्तीले कार्ड देखाउनुको सट्टा उल्टै हप्काउन खोजपछि सञ्जयले नै प्रहरीलाई बोलाए ।

तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थाले । त्यसपछि उनी आगमन कक्षबाट बाटो क्रस गरेर पार्किङतिर सोझिँदै फोन निकालेका मात्रै थिए, ती प्रहरी आएर उनलाई झनझनै थर्काउन थाले, त्यस बेला उनले भिडियो कैद गर्न सुरु गरेका थिए ।

आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी, ट्राफिक प्रहरीले एक्कासि हातपछि लगेर घिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगेको सञ्जय बताउँछन् ।

बाहिरबाटै लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्को नलीमा हिर्काएको सार्वजनिक भएको भिडियोमै देखिन्छ ।

त्यस्तै विमानस्थलमा भएका अन्यले समेत प्रहरीको अत्याचार देखेर होहल्ला सुरु गरेका थिए । त्यसपछि भने प्रहरीहरूले आफूलाई हल्ला नगर्नु भन्दै पठाएको सञ्जय बताउँछन्  ।

यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाटै कुटपिट हुनु दुखद भएको उनी बताउँछन् । त्यस्तै विदेशबाट फर्किएको मानिस विमानस्थलमा आउँदा फेरिएका नियमहरू बुझाउनुपर्नेमा उल्टै सबै मानिस अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन् ।

सञ्जय प्रहरी र विमानस्थलमा भएको घटनामा न्यायका लागि कानुनी प्रक्रियामा जान खोजे पनि एक सातामै कर्मभूमि फर्किनुपर्ने भएकाले फेरी विमानस्थलमा उनीहरूले समस्या पार्न सक्ने भन्दै त्रसित छन् ।

उता नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनका एसएसपी सोमेन्द्र सिंह राठौरले भने उनले भन्सारबाटै लफडा गर्दै आएर बाहिर ट्याक्सी व्यवसायीसँग पनि लफडा गरेकाले भित्र लगेर सम्झाएको बताएका छन् । एसएसपी राठौरले सञ्जयलाई प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् ।

यता सञ्जयले भने आफूले भन्सारमा कुनै लफडा नगरेको र राम्रोसँग चेकजाँच भएरै निस्किएको बताएका छन् । साथै प्रहरीले आफूले जुत्ताले हान्न खोजेको भन्दै झुटो दाबी गरेको सञ्जय बताउँछन् । प्रहरीले लछारपछार गर्दा आफ्नो जुत्ता फुत्किएपछि हातमा समाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]