२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीको एआईजी र डिआईजी अनिवार्य अवकाशमा गएपछि पद अझैसम्म किन पुर्ती हुन सकेन ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

काठमाडौं । २०८१ चैत ४ गते आईजी र एआईजी तहका अधिकृतहरू अनिवार्य सेवा अवधिका कारण अवकाशमा गएपछि खाली रहेका ६ एआईजी पद अझैसम्म पुर्ती हुन सकेको छैन् ।

प्रहरी सङ्गठनको ससंचालनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने मानव स्रोत विभाग, प्रशासन, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । यो अवस्था प्रहरी सङ्गठनको क्षमता र कार्यसम्पादनमा प्रत्यक्ष असर पारिरहेको छ ।

एआईजी दीपक थापा सीआईबी प्रमुखबाट प्रहरी महानिरीक्षकमा बढुवा भएपछि थप एक पद खाली भएको थियो । त्यसअघि टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराईको अवकाशले एआईजीको दरबन्दीमा खाली भएको थियो । तर, गम्भीर आवश्यकताका बाबजुद सरकारले अहिलेसम्म एआईजी बढुवाका लागि कुनै ठोस निर्णय गर्न सकेको छैन ।

प्रहरी नियमावली २०७१ को दफा २७ (१) (क) अनुसार गृह सचिवको नेतृत्वमा गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा प्रहरी महानिरीक्षकको संलग्नतामा बढुवा सिफारिस समिति गठन हुने व्यवस्था छ । तर, समितिले अहिलेसम्म एआईजी बढुवाका लागि गृहकार्य समेत सुरु गरेको छैन ।

यस ढिलाइको पछाडि राजनीतिक हस्तक्षेप, गुटगत स्वार्थ र भावी नेतृत्वको प्रतिस्पर्धा मुख्य कारण मानिएको छ । एआईजी पदमा बढुवा हुने अधिकारीहरू आगामी आईजीपीका लागि बलिया दावेदार हुने भएकाले बढुवा प्रक्रिया राजनीतिक र प्रशासनिक खिचातानीको चपेटामा परेको छ ।

हाल नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी रहेकोमा केवल दुई एआईजी मात्र कार्यरत छन् । टेकबहादुर तामाङ (काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी) र सुदीप गिरी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान)। बाँकी ६ विभाग नेतृत्वविहीन छन् । जसले सङ्गठनभित्र असन्तुलन र कार्यसम्पादनमा समस्या परिरहेको छ ।

एक महिनासम्म पनि नेतृत्व रिक्त रहनु केवल प्रशासनिक कमजोरी होइन, प्रहरी संस्थाको नैतिक धरातल र विश्वासमाथिको आघात पनि हो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।