१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

विमानस्थलमा स्वदेशबाट फर्किएका युवालाई दुर्व्यवहार गर्ने ३ प्रहरीलाई रानी पोखरी तानेर अनुसन्धान

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट फर्किएका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

‘थप छानबिनको लागि भनेर तीन जनालाई रानीपोखरी तानिएको छ’, एसएसपी राठौरले भने ।

विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको थियो । उक्त भिडियोमा बर्दीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीले मुक्का हान्दै, लछार्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षतर्फ लगेका छन् ।

प्रहरीले यसरी लछारपछार पार्दै लात्ती र मुक्का प्रहार गरेका ती युवक दुबईबाट नेपाल फर्किएका मोरङका सञ्जय ओझा हुन् ।  उक्त भिडियो चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् ।

रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी लिएर नेपाल आएका थिए । तर विमानस्थलमा ट्याक्सीसँग विवाद हुँदा उनी प्रहरीबाट कुटिएका हुन्।

सिधाकुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए । भन्सार जाँच पासमा लगेज चेकजाँच गरेर उनीहरू सरासर नै बाहिरिएका थिए ।

उनका अनुसार उनी आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर कुरिरहेका थिए । त्यही बेला एक जना व्यक्ति आएर उनलाई ‘ट्याक्सी चाहिने हो’ भन्दै सोधे । तर उनले हैन भनेपछि ती व्यक्तिले त्यहाँ ट्रली राख्न नपाइने भन्दै उनलाई हकार्न थाले ।

ती व्यक्तिसँग सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्म ट्रली लैजान पाएको बताए । त्यसपछि पनि ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी भएको र ट्रली लान नपाउने दाबी गर्न थाले । त्यसपछि सञ्जयले ती व्यक्तिको कार्ड देखाउन भने । ती व्यक्तीले कार्ड देखाउनुको सट्टा उल्टै हप्काउन खोजपछि सञ्जयले नै प्रहरीलाई बोलाए ।

तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थाले । त्यसपछि उनी आगमन कक्षबाट बाटो क्रस गरेर पार्किङतिर सोझिँदै फोन निकालेका मात्रै थिए, ती प्रहरी आएर उनलाई झनझनै थर्काउन थाले, त्यस बेला उनले भिडियो कैद गर्न सुरु गरेका थिए ।

आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी, ट्राफिक प्रहरीले एक्कासि हातपछि लगेर घिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगेको सञ्जय बताउँछन् ।

बाहिरबाटै लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्को नलीमा हिर्काएको सार्वजनिक भएको भिडियोमै देखिन्छ ।

त्यस्तै विमानस्थलमा भएका अन्यले समेत प्रहरीको अत्याचार देखेर होहल्ला सुरु गरेका थिए । त्यसपछि भने प्रहरीहरूले आफूलाई हल्ला नगर्नु भन्दै पठाएको सञ्जय बताउँछन्  ।

यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाटै कुटपिट हुनु दुखद भएको उनी बताउँछन् । त्यस्तै विदेशबाट फर्किएको मानिस विमानस्थलमा आउँदा फेरिएका नियमहरू बुझाउनुपर्नेमा उल्टै सबै मानिस अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

error: Content is protected !!