२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

मेष-आज दिनको आरम्भ राम्रो हुनेछ। मनमा हल्का असमंजस आउन सक्छ, तर आत्मविश्वासले अग्रसर गराउँछ। क्रोधमा न आउनुहोला, तपाईंको शब्दले धेरै असर गर्न सक्छ। व्यावसायिक योजनामा ध्यान दिनुहोस्।

वृष-आजको दिन उत्साहजनक हुनेछ। कुनै नयाँ जानकारी वा सल्लाहले तपाईंलाई मार्गदर्शन गर्नेछ। कुनै साथी वा परिवारको सदस्यसँग संवादले मनको बोझ हल्का हुनेछ। असावधानीले आर्थिक समस्या ल्याउन सक्छ ख्याल गर्नु होला ।

मिथुन-दिने र लिने सन्देशका लागि यो राम्रो समय हो। तपाईंको शब्द र विचारले तपाईंको साथीहरू र सहकर्मीहरूलाई प्रभावित गर्न सक्छ। छोटो यात्रा हुनेछ ।

कर्कट-आज तपाईंको मानसिक शान्ति महत्त्वपूर्ण हुनेछ। केही पुराना सम्झनाहरू मनमा आइपुग्न सक्छन्, जसले तपाईंलाई असजिलो बनाउन सक्छ। कुनै पारिवारिक निर्णयमा सोचविचार गर्नुहोस्, र सबैको विचार बुझेर मात्रै कदम चाल्नुहोस्।

सिंह-आजको दिन सक्रिय रहनुहोस्। तपाईंको कार्यक्षमता र विचारमा ठोसता छ, जसले तपाईंलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्नेछ। अरूसँग सहकार्य गर्दा विशेष ध्यान दिनुहोस्, विवादबाट टाढा रहनुहोस्।

कन्या-नयाँ अवसर र चुनौतीहरूको सामना गर्ने दिन हो। तपाईंको योजनामा केही अड्चन आउन सक्छ, तर तपाईंले शान्तिका साथ समाधान निकाल्न सक्नुहुन्छ। केही व्यक्तिगत योजनामा विचार गरेर अघि बढ्नुहोस्।

तुला-मनमा केही द्वन्द्व उत्पन्न हुन सक्छ, तर तपाईंको स्वभावले कुनै न कुनै तरिकाले परिस्थितिलाई सम्हाल्नेछ। घरपरिवार र मित्रसँगको समय रमाइलो हुनेछ, तर कामको दबाब पनि बढ्ने छ ।

वृश्चिक-आज तपाईंको विश्वास र आत्मबल उच्च रहनेछ। तपाईंको मनमा केही महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवसर आउनेछ, जसले भविष्यमा सकारात्मक परिणाम ल्याउनेछ। धनसम्बन्धी योजनामा सतर्कता अपनाउनुहोस्।

धनु-तपाईंको कामको गति आज राम्रै हुनेछ। तपाईंको विचार र योजनामा परिपक्वता देखिन्छ। प्रेम सम्बन्धमा केहि महत्त्वपूर्ण कुरा विचार गर्नुपर्ने हुन सक्छ।

मकर-आजको दिन केही शान्त र विचारशील हुनेछ। तपाईंको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नु महत्त्वपूर्ण छ। घरपरिवारसँग भावनात्मक सम्बन्ध बढाउनुहोस्, तर आफैंलाई पनि प्राथमिकता दिनुहोस्।

कुम्भ-आज तपाईंको सोच र दृष्टिकोणमा परिवर्तन आउन सक्छ। यो समय नयाँ विचार र योजनामा लगाउने हो। तपाईंको कार्यक्षमता र विचारको स्पष्टता बढ्नेछ, जसले तपाईंलाई सफल बनाउनेछ।

मीन-सकारात्मक सोच राख्नुहोस्, तपाईंको मेहनत र विचारले फल दिनेछ। केही व्यक्तिगत समस्या समाधान गर्न समय मिल्नेछ। आर्थिक क्षेत्रमा विचार गर्दा, अहिलेको समय राम्रो छ।

ज्योतिषाचार्य माधवा शर्मा ।
सचिव- नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोकदाङ
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!