१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सवारी नक्कली लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरुको सूचीहरु यातायात मन्त्रालयमा सांसद गौतमद्वारा छानबिन माग

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

 

काठमाडौं । प्रतिवेदन कार्यान्वयनबारे संघीय संसद सचिवालयमार्फत सोधिएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मौन बसेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर नेपालमा २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद भेटिएको तथ्य सार्वजनिक भएको बताएकी थिइन् ।

उनको प्रश्न थियो, ‘लाखौं मानिसलाई प्रभावित पार्ने यो विषय सार्वजनिक भएको यतिका समय भयो, सरकारले समाधानका लागि के काम गरिरहेको छ ? शंकास्पद लाइसेन्स ‘भेरिफाइ’ गर्न दिइएको प्रतिवेदन नै गायब भएको भनिन्छ, के यो सत्य हो ?’

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो विषयमा बागमती प्रदेश सरकारलाई पत्राचार गरिएको भनेका छन् ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सवारी चालक अनुमतिपत्रको नवीकरण (दफा ५६), निलम्बन (दफा ६०), खारेजी (दफा ६१) अधिकार प्राप्त अधिकारी (यातायात व्यवस्था कार्यालयका प्रमुख) ले गर्न सक्ने कानूनी व्यवस्था अनुसार अनुसूचीमा राखिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश यातायात कार्यालयहरुबाट नै प्रचलित कानून बमोजिम रुजु प्रक्रिया टुंग्याइ रद्द गर्ने वा नवीकरण गर्ने कार्य नक्कली ड्राइभिङ लाइसेन्ससम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनमा नरहेको पाइएको छ ।

प्रतिवेदन कार्यान्वयनबारे संघीय संसद सचिवालयमार्फत सोधिएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मौन बसेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर नेपालमा २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद भेटिएको तथ्य सार्वजनिक भएको बताएकी थिइन् ।

उनको प्रश्न थियो, ‘लाखौं मानिसलाई प्रभावित पार्ने यो विषय सार्वजनिक भएको यतिका समय भयो, सरकारले समाधानका लागि के काम गरिरहेको छ ? शंकास्पद लाइसेन्स ‘भेरिफाइ’ गर्न दिइएको प्रतिवेदन नै गायब भएको भनिन्छ, के यो सत्य हो ?’

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो विषयमा बागमती प्रदेश सरकारलाई पत्राचार गरिएको भनेका छन् ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सवारी चालक अनुमतिपत्रको नवीकरण (दफा ५६), निलम्बन (दफा ६०), खारेजी (दफा ६१) अधिकार प्राप्त अधिकारी (यातायात व्यवस्था कार्यालयका प्रमुख) ले गर्न सक्ने कानूनी व्यवस्था अनुसार अनुसूचीमा राखिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश यातायात कार्यालयहरुबाट नै प्रचलित कानून बमोजिम रुजु प्रक्रिया टुंग्याइ रद्द गर्ने वा नवीकरण गर्ने कार्य गर्न प्रदेश मन्त्रालयमार्फत यातायात कार्यालयहरुलाई पत्राचार गरिएको छ ।

अनुसूचीमा भएका सवारी चालक अनुमतिपत्र यथेष्ट प्रमाण जस्तै ढड्डा, रसिद हेरी कार्यालयबाटै जारी गर्न मिल्ने गरी EDL System मा व्यवस्था मिलाइएको भनिएको छ ।

साथै, शंकास्पद रहेको भन्ने विषयसँग सम्बन्धित प्रतिवेदन वेबसाइटमा रहेको भनिएको छ । ‘प्रश्नमा उल्लेख भएको विषयको प्रतिवेदन यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको व्यहोरा अनुरोध गर्दछु’, जवाफमा उल्लेख छ ।

अर्थात, २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद रहेको भन्नेसँग सम्बन्धित प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे प्रष्टसँग मन्त्रालयले केही खुलाएको छैन ।

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन प्रतिवेदन तयार पारेको थियो । जसमा ६ किसिमका शंकास्पद लाइसेन्स रहेको भनिएको थियो ।

प्रतिवेदनमा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा चलखेल र नक्कली लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरुको सूची समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

error: Content is protected !!