२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मामालाई बुबा बनाएर नागरिकता लिने भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

सर्लाही पुस ६ मलंगवा झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरहथवा नगरपालिका २ का आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिएका छन् । राजपुतले निरज भण्डारी नाम राखेर पुष ३ गते इलाका प्रशासन कार्यालय बरहथवा सर्लाहीबाट नागरिकता लिएका छन् ।
मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि हजरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजपुत पक्राउ परे पनि मामा गिर्ज भने फरार छन् । पक्राउ पर्ने राजपुतलाई झुठा विवरण पेश गरी नागरिकता लिएको भनी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]