२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नारायणगढ बुटवल सडक खण्ड दाउन्नेमा रोकिएका गाडी जाममा,यात्रुहरुको बिचल्ली,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो । अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा आज लामो समयदेखि गाडी रोकिएका कारण दिउँसो काम रोकेरै गाडी चलाएको उहाँले बताउनुभयो । दाउन्नेमा चिप्लो बाटोका कारण गएरातिदेखि गाडी चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । दाउन्नेदेखि पश्चिम झन्डै चोरमारासम्म २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको छ । दुई दिन सिमसिम पानी पर्दैमा दाउन्नेमा हिलोले बिचल्ली भएपछि वर्षायाममा अवस्था के होला भन्ने चिन्ता बढेको छ । नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार दाउन्ने खण्डका माटोको बनोटका कारण सुक्खायाममा धूलो थुप्रिने र पानी पर्नेबित्तिकै हिलो हुन्छ । गाडी त्यही दबदबे हिलोमा गाडिन पुग्छन् । १३ किलोमिटर खण्डमा यस्तो जटिलता रहेको उहाँले बताउनुभयो । याे खण्डमा ग्राभेल गर्ने काम भइरहेकोले वर्षायाममा केही सहज हुने आशा रहेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]