२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हिंसा फैलाउने कुनैपनि अराजक गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयको सबैमा अनुरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्।

यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले शनिबार विज्ञििप्त जारी गर्दै भनेका छन्, ‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!