१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

हिंसा फैलाउने कुनैपनि अराजक गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयको सबैमा अनुरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्।

यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले शनिबार विज्ञििप्त जारी गर्दै भनेका छन्, ‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!